पीसीआर परीक्षणको शुल्क एकरुपता हुने गरी तय गरिने

सांकेतिक तस्बिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा एकरुपता आउने गरी पीसीआर परीक्षणको मुल्य तोक्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले स्वच्छाले कोरोना परीक्षण गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको सर्त र मापदण्ड अनुसार पीसीआर परीक्षण गर्न पाउने भनिएकोमा मूल्य तोकी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ्ग गर्ने शर्त अनिवार्य पालना गर्ने गरी तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरु मार्फत तोकिएका दर रेटमा परशिक्षण सशुल्क उपलब्ध गराउने भनी निर्णय भएको थियो ।
सार्वजनिक अस्पतालहरुमा लामवद्ध भएर समय खेर फाल्न नचाहने र भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै मन्त्रालयले सशुल्क परिक्षणको व्यवस्था गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता देवकोटाले भन्नुभयो,निशुल्क परिक्षण गराउने कि सशुल्क परिक्षण गराउने सो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो । सशुल्क परिक्षण गर्ने संस्थाहरुले परिक्षणको लागि तोकिएको सम्पुर्ण मापदण्डहरु पुर्याएको हुनुपर्छ र त्यहाँबाट भएका परिक्षणहरुको गोपनियता कायम गर्दै नियमित रिपोटीङ्ग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने हुन्छ ।
यसप्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएतापनि हालसम्म कुनै दररेट तोकी नसकेको र यस सम्बन्धमा के–कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकि रहेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत