आजै ४ बालबालिकालाई कोरोना पुष्टि,संक्रमितको संख्या ४२७
३८ जिल्लामा संक्रमण फैलियो

सांकेतिक तस्बिर।
काठमाडौं । आज ४ जना बालबालिका सहित २५ जना व्यक्तिमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । आजको पुष्टि संख्या सहित नेपालमा १८ वर्ष मुनिका संक्रमित बालबालिकाको संख्या २१ पुगेको छ । आज कपिलवस्तुमा १३ जनामा कोरोना पुष्टि भएका मध्ये ४ जना बालबालिका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार कपिलवस्तु विजयापुर क्वारेन्टाइनमा रहेका २२,३५ र ४८ वर्षका पुरुष तथा कपिलवस्तुकै महाराजगञ्जका ३,४,६ वर्षकी बालिका तथा १६,२५ र ३५ वर्षकी महिला र सोही स्थानकै १२ वर्षका बालक सहित २०,२४ र ३४ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।
यसैगरी बाँके नैरनापुरका ५ जना १७,२०,२८,३०,४० र खजुरा ५ का २० वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । यस्तै धनुकटामा ५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित नर्सकी सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण गर्दा ५ जनालाई कोरोना पुष्टि भएको हो । जसमा ३ स्वास्थ्यकर्मीहरु रहेका छन् । ५ जनाको उमेर २८,२९,३५,३७ वर्षका पुरुष छन् भने २४ वर्षकी एक जना महिला हुनुन्छ ।
यस्तै पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका ५ बेलवानीका २६ वर्षका पुरुषलाई पनि आजै कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । जसमा ३५८ पुरुष र ६९ महिला रहेका छन् । हालसम्म ४५ जना डिस्चार्ज भएका छन् । आजै कोशी अस्पतालबाट ८ जना डिस्चार्ज भए ।
३८ जिल्लामा संक्रमण फैलियो
हालसम्म ३८ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेश नम्वर १ मा ५९, प्रदेश नम्वर २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४,प्रदेश नम्वर ५ मा १९६, कर्णालीमा १ र सुदुपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत