थपिए २५ संक्रमित,संख्या ४२७ पुग्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं । थप २५ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप २५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । जसमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेको उहाँले बताउनुभयो ।
आज संक्रमण पुष्टि भएकाहरुमा ७ महिला र १८ जना पुरुष रहेका छन् । बाँकेमा ६,धनकुटामा ५ ,कपिलवस्तुमा १३ र पश्चिम नवलपरासीमा १ गरि थप २५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा २ हजार ४८८ को पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४८८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ३५ हजार ४९४ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटि) बाट ७५ हजार ७२ जनाको परीक्षण भयो । २४ घण्टामा ३ हजार ६१० जनाले आरडीटिबाट परीक्षण गराए ।
२३ हजार २०२ जना क्वारेन्टाइनमा
हाल २३ हजार २०२ जना क्वारेन्टाइनमा बसिरहेको उहाँले बताउनुभयो । प्रवक्ता देवकोटाले आज काठमाडौं उपत्यकामा १७ सहित देशभर ४५७ जना आइसोलेसनमा बसिरहेको बताउनुभयो । आइसोलेशनमा संक्रमण पुष्टि भइसकेका र शंकास्पद व्यक्ति रहने गरेको उहाँले बताउनुभयो । हालसम्म एप्लीकेशन मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएका मध्ये ४२७ जना रेड जोनमा परेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत