प्रहरीलाई कोरोना पुष्टि भएपछि कालिमाटी वृत सिल
अ +
अ -
काठमाडौं । कालिमाटीमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना भाइरसको पुष्टि भएपछि कालिमाटी वृत सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको कालिमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोराना संक्रमणको पुष्टि गरेको २८ मध्ये २ जना प्रहरी रहेको खुल्न आएको हो । संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रसिङ सुरु भएको र वृतमा कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँवरले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत