आरोग्य फाउण्डेशनकी नर्सको दोस्रो रिपोर्ट नेगेटिभ

aarogya
काठमाडौं । सुनसरीबाट वैशाख २९ गते काठमाडौं आउनुभएकी पुल्चोकस्थित आरोग्य फाउण्डेशनकी नर्सको दोस्रो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । सुनसरीबाट २९ गते काठमाडौ आएपछि फाउण्डेशनले कोरोना परीक्षण गरेपछि मात्र काममा आउनु भनेपछि उहाँले त्यहिदिन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर कोरोना परीक्षण गराउनुभएको थियो ।
भोलीपल्ट उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । पाँचदिनपछि पुनः परीक्षण गरिएको दोस्रो रिपोर्ट नेगेटिभ आयो,उहाँले भन्नुभयो,“पहिलो रिपोर्टमै मलाई शंका छ । ” उहाँले आफू लकडाउन अघि नै घर गएपनि कुनै दिन घर बाहिर ननिस्केको जानकारी दिदै काठमाडौ आउनको लागि २९ गते काकासंग
जिल्ला प्रशासन कार्यालय मात्र गएको उल्लेख गर्नुभयो । उहाँसंग सम्पर्कमा आएका परिवार तथा नातामा पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई लिन जाने सवारी चालक र आरोग्य फाउण्डेशनको अर्का एक कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत