नेपालमा डाक्टरलाई पनि कोरोना पुष्टि

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं ।स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । आज पुष्टि भएका २७ जना मध्ये एक जना स्वास्थ्य सेवा विभाग अन्तर्गत काम गरिरहनुभएका चिकित्सक रहेको स्रोतले बताएको छ ।
उहाँको ठेगाना ललितपुर रहेको छ । यसबारेमा थप जानकारी आउन बाँकी छ । संक्रमित चिकित्सक यसअघि संक्रमण देखिएको जिल्लाको अनुगमनमा जानुभएको थियो ।
चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उहाँसंग सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु भइसकेको जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत