कपिलवस्तुकी संक्रमित नर्समा ८ दिनमै कोरोना नेगेटिभ (रिपोर्टसहित)

सांकेतिक तस्बिर
अ +
अ -
कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। पहिलो स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको उहाँको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको संक्रमित नर्स स्वयंले जानकारी दिनुभएको छ।
उहाँमा कोरोना संक्रमण रहेको वैशाख ३० पुष्टि भएको थियो। सोमबार मात्रै हेल्थपाटीसँग कुरा गर्दा उहाँले आफू पूर्णस्वस्थ रहेको र छिटै संक्रमण मुक्त हुनेमा आशावादी रहेको बताउनु भएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उहाँलाई केही दिन आइसोलेसन वार्डमा निगरानीमा राखिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. वन्जाडेले बताउनुभयो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत