भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सरकारको तयारी निकै राम्रो रहेको दाबी गर्नुभएको छ। आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सुरुमै लकडाउन गरेर कोरोना संक्रमण फैलिनबाट रोकेको भएपनि पछि भारतबाट भित्रनेलाई रोक्न नसकेका कारण फैलिएको बताउनुभयो ।
संबोधनका क्रममा विभिन्न देशमा भएको कोरोना संक्रमण र मृत्युको आँकडा प्रस्तुत गर्नुभएका प्रधानमन्त्रीले शक्तिशाली देशहरुलाई नै समस्यामा पारिरहेका महामारीविरुद्ध नेपाल सरकार प्रभावकारी ढंगबाट लडिरहेको दाबी गर्नुभयो । एक प्रसंगमा उहाँले अन्य देशबाट नेपाल भित्रिएको भन्दा भारतबाट भित्रिएको कोरोना भाइरस कडा रहेको जिकिर गर्नुभयो ।
‘अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो। दुबईबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।’
अहिले संक्रमित राखिएको भन्दा थप ३ हजार संक्रमित राख्न सक्ने आइसोलेसन तयार रहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत