४०२ कोरोना संक्रमित,आजै २७ मा संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय
काठमाडौं । काठमाडौं,भक्तपुर,मकवानपुर सहित विभिन्न जिल्लामा गरि २७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप २७ जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । जसमा ३४० पुरुष र ६२ महिला रहेका छन् ।
आज थप भएका संक्रमितहरु १७ देखि ४२ वर्ष उमेरका गरि ३ महिला र २४ जना पुरुष रहेका छन् । जसमा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौंमा ३,ललितपुर १,भक्तपुर १,रामेछापमा १,मकवानपुरमा १,सिन्धुलीमा १,लमजुङमा १,कपिवस्तुमा ४ र नवलपरासीमा १ जना गरि २७ जनामा कोरोना पुष्टि भएको हो ।
३६ जिल्लामा संक्रमण फैलियो
हालसम्म ३६ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेश नम्वर १ मा ५४, प्रदेश नम्वर २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४,प्रदेश नम्वर ५ मा १७६ कर्णालीमा १ र सुदुपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २८० को पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २८० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ३२ हजार ६०४ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटि) बाट ७४ हजार ६४९ जनाको परीक्षण भयो । २४ घण्टामा ५ हजार ८९ जनाले आरडीटिबाट परीक्षण गराए ।
४१२ जना रेडजोनमा
हाल २१ हजार ६२३ जना क्वारेन्टाइनमा बसिरहेको उहाँले बताउनुभयो । प्रवक्ता देवकोटाले आज काठमाडौं उपत्यकामा १७ सहित देशभर ४५७ जना आइसोलेसनमा बसिरहेको बताउनुभयो । आइसोलेशनमा संक्रमण पुष्टि भइसकेका र शंकास्पद व्यक्ति रहने गरेको उहाँले बताउनुभयो । हालसम्म एप्लीकेशन मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएका मध्ये ४१२ जना रेड जोनमा परेका छन् ।
प्रदेश नम्वर २ र ५ मा चिकित्सकको टोलि जादै
कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्र प्रदेश नम्वर २ र ५ मा कम्तिमा १०÷१० जनाको चिकित्सक सहितको टोलि पठाइने भएको छ । मन्त्रालयले यथासिघ्र चिकित्सकको टोलि पठाउने निर्णय गरेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत