कपिलवस्तुमा थपिए ४ कोरोना पुष्टि, संक्रमितकाे संख्या ३७९ पुग्याे

सांकेतिक तस्बिर।
अ +
अ -
कपिलवस्तुमा थपिए ४ कोरोना संक्रमित,संख्या ३७९
काठमाडौं । कपिलवस्तुमा थप ४ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा १६ जना बस्दै आएका थिए जसमध्ये ४ जनालाई कोरोना पुष्टि भएको हो । भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत