कर्णालीमा पहिलो पटक भेटिए कोरोना संक्रमित,सातै प्रदेशमा फैलियो संक्रमण
अ +
अ -
काठमाडौं । कर्णालीमा पहिलो पटक भेटियो कोरोना संक्रमित भेटिएका छन् । अब सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै पुष्टि गरेको थप १८ जना मध्ये एक जना दैलेखका रहेका छन् । संक्रमित दैलेख आठबिस–१ का एक पुरुष रहेका छन् ।
देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । हालसम्म २ जनाको मृत्यु भईसकेको छ भने संक्रमित मध्ये गुल्मिका संक्रमितको अवस्था गम्भिर रहेको छ । ३६ जना संक्रमित भने निको भएर घर गइसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत