फेरि थपिए १४ कोरोना संक्रमित,संख्या ३७१ पुग्यो
अहिले सम्मकै उच्च

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार नेपालगन्जमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसबाहेक अन्य जिल्लामा पनि कोरोना देखिएको र त्यसको विवरण लिने काम भइरहेको छ। यसअघि आज मात्रै ६२ जनामा कोरोना संक्रमण देखिएको थियो । ती मध्य ४७ जना नेपालगन्जका मात्रै थिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७१ पुगेको छ । यो संख्या अहिले सम्मकै उच्च हो।
हेल्थपाटी
तपाईँको अभिमत