भारतमा एकैदिन ५ हजार २४३ जनामा कोरोना संक्रमण,अहिले सम्मकै उच्च

कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै भारतका स्वास्थ्यकर्मीहरु।
एजेन्सी । भारतमा कोरोना भाइरस रोगबाट एकैदिन अहिले सम्मकै धेरै मानिस बिरामी भएका छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २४२ मानिसमा कोरोना संक्रमणको पुष्टि भएको छ । अधिकारीका अनुसार भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमित भएको यो पहिलो पटक हो । हालसम्म भारतमा ९६ हजार १६९ मानिसमा कोरोना भाइरस
संक्रमणको पुष्टि भइसकेको छ भने ३ हजार २९ जनाको मृत्यु भएको छ । २४ घण्टामा १५७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । ३६ हजार ८२३ जना मानिस निको भएर घर फर्किसकेका छन् । भारतमा महाराष्ट्रमा ३३ हजार ५३ जना संक्रमित र १ हजार १९८ जनाको मृत्यु भएको छ । गुजरातमा ११ हजार ३७९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको भने ६५९ जनाको मृत्यु भएको छ ।
यस्तै तमिलनाडुमा ११ हजार २२४ जनामा संक्रमण हुनुका साथै ७८ जनाको मृत्यु भइसकेको छ भने दिल्लीमा १६० जनाको मृत्यु तथा १० हजार ५४ जनामा संक्रमणको पुष्टि भइसकेको छ । राजस्थानमा संक्रमितको संख्या ५ हजार २०२ पुगेको छ भने १३१ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत