संक्रमित नर्सको परिवारका ५ जनाकै रिपोर्ट कोरोना नेगेटिभ
कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी महिलाकी शिशु सहित परिवारका चार सदस्यमा देखिएन कोरोना

सांकेतिक तस्बिर
कपिलवस्तु । कोरोना संक्रमित कपिलवस्तुकी नर्सका परिवार र उनको सम्पर्कमा चिकित्सक तथा स्वाथ्यकर्मी सबैको रिर्पोटमा कोरोना नेगेटिभ आएको छ। संक्रमित स्टाफ नर्सको कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी, परिवारका सदस्य र चिकित्सकसहित १०४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाएको थियो।
जसमध्ये ८५ जनाको रिर्पोट नेगेटिभ देखएिको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। संक्रमित नर्सका आमा, बुबा, भाइ र बहिनी गरी ५ जनाको रिर्पोट नेगेटिभ आएको छ। स्वाब संकलन गरिएकामध्ये १९ जनाको रिर्पोट छिटै सार्वजनिक हुने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
यसैबीच कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको शिशु, श्रीमान्,आमा र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत