कोरोना संक्रमितको अन्तिम संस्कार कसरी गरिन्छ, आफन्तले छुन किन हुँदैन ?

सांकेतिक तस्बिर
काठमाडौं । कोराना भाइरस रोगको संक्रमणबाट हालसम्म नेपालमा २ जनाको मृत्यु भइसकेको छ । संक्रमितको मृत्यु भएमा कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि अन्य कारणले भएकाेमृत्युमा जसरी धेरैजना भेला भई अन्तिम संस्कार गर्न हुँदैन । किनकी शवबाट पनि संक्रमण हुने जोखिम उत्तिकै रहन्छ । त्यसैले सुरक्षित तरिकाले सावधानी अपनाई निश्चित व्यक्तिहरुले मात्रै संक्रमितको अन्तिम संस्कार गर्दछन् ।
कोरोना संक्रमितको अन्तिम संस्कार कसरी गरिन्छ
१. शव बाहनमा रहेका ड्राइभर तथा कर्मचारीमा संक्रमण हुन नदिन हाइपोक्लोराइटयुक्त प्लाष्टिकमा बन्द गरेर शवलाई सुरक्षित अवस्थामा अन्तिम संस्कार गर्ने स्थलसम्म पुर्याइन्छ ।
२. शव ह्याण्डल गर्ने जो कोहीले मास्क, पञ्जा र टाउको ढाक्ने गरि व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग गर्दछन् ।
३. शव ओसारपसार गरेको वा अन्तिमसंस्कार स्थलसम्म पुगेका कुनै पनि बाहनलाई १ प्रतिशत हाइपोक्लोराइटले सफा गरिन्छ ।
४.शवलाई छुन हुँदैन ।
अन्तिम संस्कार गर्दा ध्यान दिनपर्ने कुराहरु
१. शव गाड्ने वा जलाउने स्थलमा जाने कर्मचारी वा व्यक्तिहरु उच्च जोखिममा हुन्छन् त्यसैले उच्च सतर्कता अपनाउनुपर्दछ ।
२. कर्मचारी वा व्यक्तिले हातको विशेष सरसफाई गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्ने ।
३. अन्तिम समयमा एकपटक आफन्तलाई मृतकको अनुहार मात्रै देखाउने ।
४. धर्म संस्कृति अनुसार अन्तिम संस्कार गर्दा शरीरलाई नछोइ अथवा पानीमा नडुबाई गर्ने ।
५. नुहाउने, अँगाल्ने लगायतका शरीरमा छोएर गरिने कुनै पनि क्रियाकलाप नगर्ने र नगराउने ।
६. अन्तिम संस्कार सकेपछि संस्कारमा सहभागी भएका सबैले राम्रोसँग हात धुने तथा सरसफाईमा ख्याल गर्ने ।
७. अस्तु तथा खरानी संकलन गर्न सकिनेछ ।
८. अन्तिम संस्कारको समयमा भीड नगर्ने ।
हेल्थपाटी
तपाईँको अभिमत