विराटनगरमा सफाई कर्मचारी र भारतबाट आएकामा कोरोना
विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पुरुष विराटनगर महानगरकापालिकाका सफाई कर्मचारी रहेको खुलेको छ । विराटनगर–१५ का संक्रमित ३६ वर्षीय पुरुषलाई कसरी संक्रमण भयो भन्नेबारे नखुलेको वराटनगर महानगरले जनाएको छ। त्यसैगरी आइतबार संक्रमण पुष्टि भएकी विराटनगर–६ की २९ वर्षीया महिला केहीदिन अघि भारतबाट आएको पनि महानगर स्रोतले जानकारी दिएको छ।
प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीनमध्ये घनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको पुष्टि भएको थियो।
विराटनगरका दुईलाई आइतबार साँझ कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ । आइतबार जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार विराटनगर ल्याउने तयारी भइरहेको छ।
संक्रमित स्वास्थ्यकर्मीलाई आइतबार जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । सोमबार बिहान कोरोना अस्पताल विराटनगर ल्याउने तयारी भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत