नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई बाटोमा रोकेर अभद्र व्यवहार गर्दै केरकार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ गरिएको र उनीविरुद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । हेटौडाबाट काठमाडौं आउदै गर्दा नागढुंगामा आफुलाई सामाजिक अभियन्ता भन्ने उत्तम कार्की सहितका युवाले निर्देशक नारायण कार्कीलाई कडा शव्दमा हप्कीदप्की गरेका थिए ।
र, त्यो दृश्यलाई स्वमं उत्तम कार्कीले नै फेसबुकबाट लाईभ गरेका थिए । उत्तम कार्कीको त्यो हर्कत निन्दनिय रहेको भन्दै हेल्थपाटी डटकमले अहोरात्र कोरोना विरुद्ध खटिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई तुरुन्तै कार्वाही गरियोस् र सुरक्षाकर्मीले जसरी केरकार गर्ने अधिकार उत्तम कार्कीलाई कस्ले दियो भनी नागढुंगामा स्वास्थ्यकर्मीलाई रोकेर हप्कीदप्की गर्ने को हुन् ? कसले दियो अधिकार ? समाचार प्रकाशन गरेको थियो र तत्पश्चात स्वास्थ्यकर्मी माथी भएको दुर्व्यवहारको सर्बत्र विरोध भएको थियो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत