भारतले नेपाललाई दियो ३० हजार पीसीआर किट

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई किट हस्तान्तरण गर्दै नेपालका लागि भारतीय रानदूत विनय मोहन क्वात्रा । फोटो: भारतीय दूतावास
काठमाडौं । भारतले नेपाललाई कोभिड–१९ कोरोना भाइरस परीक्षणका लागि ३० हजार पीसीआर किट दिएको छ । आइतबार नेपालका लागि भारतीय रानदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई किट हस्तान्तरण गर्नुभएको छ।
भारतले नेपाललाई उपहारस्वरुप किट दिएको भारतीय दूतावासले जानकारी दिएको छ। कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध दुई देशबीच सहकार्यको जरुरत रहेको दुतावासले भनेको छ। भारत सरकार संकटको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँगको साथमै रहेको दूतावासको भनाइ छ।
यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत