बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
काठमाडौं । बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आइतबार बिहान करिव पौने ७ बजे मृत्यु भएको हो । युवकले बिहान ५ः३० बजेतिर बान्ता गरेका थिए ।
उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए । शनिबार उनी लगायत क्वारेन्टाइनमा बसेका ३९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट भने आउन बाँकी छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालका अनुसार युवकलाई ज्वरो पनि आएको थियो ।
रिपोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ । यसअघि नरैनापुरमा भेटिएका ८ जना संक्रमितमध्ये ६ जना सोही दीपेन्द्र प्राविकै क्वारेन्टाइनका हुन् । उनीहरुको अहिले दाङको बेलझुण्डिस्थित आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत