कपिलवस्तुकाे क्वारेन्टाइनबाट भागेर ४५ जना गाउँ पसेपछि...
काठमाडौं । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्वर ३ लक्ष्मीनगर नजिक रहेको मदरसा सेराजुल उलममा राखिएका करिव ४५ जना व्यक्ति भागेर आ–आफ्नो गाउँ पसेपछि गाउँ नै पुरै आतंकित भएको छ ।
उनीहरु मुम्बई र नासिकबाट आएका थिए र सीमामा अलपत्र परेपछि अस्थायी रुपमा मदरासामा क्वारेन्टाइनमा राखिएको थियो । कृष्णनगरका स्थानिय बासिन्दा रहनुभएका नेकपा प्रदेश नम्वर ५ कमिटी सदस्य अर्सद मिर्जा बेगका अनुसार उनीहरु दिउसो ४ बजे मदरसाबाट भागेका हुन् र उनीहरुलाई नियन्त्रणमा लिन शशस्त्र प्रहरी खटिरहेको र हालसम्म ३५ जनालाई फेला पारेको बताउनुभयो ।
क्वारेन्टाइनमा खाना,बस्न तथा बत्तिको सुविधा नभएपछि उनीहरु भागेको बताइएको छ । बाँकीको पनि खोजी कार्य भइरहेको छ । भागेर घरमा अन्य परिवारका सदस्यसंग पनि सम्पर्क भइसकेकाले तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी सबैलाई क्वारेन्टाईनमा राख्नुपर्ने देखिएको छ ।प्रभावित देशबाट आई क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु गाउँ पसेपछि कोरोना भाइरस रोगको संक्रमणको उच्च जोखिम रहेको भन्दै गाउँ नै त्रसित भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत