कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु,आजै अन्तिम संस्कार गरिने
अ +
अ -
काभ्रे। धुलिखेल अस्पतालमा मृत्युभएका सुत्केरी महिलाको शब ल्याउने तयारी गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयाे । जिल्लामा शब बहन नभएकोले भक्तपुरबाट शब बाहन व्यवस्थापन गरि धुलिखेल अस्पतालबाट कोरोना संक्रमित महिलाको शव आधा घण्टा अगाडी मात्र धुलिखेल अस्पतालबाट काठमण्डौंतर्फ पठाइएको र अहिले नै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदहन गृहमा अन्तिम संस्कार गरिने प्रजिअ तिमिल्सिनाले बताउनुभयाे ।
मृतक महिलाको श्रीमान सहित ४ जनालाई धुलिखेल अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत