कोरोना पोजेटिभ महिलाको मृत्यु
काभ्रे। नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको कोरोनाकै कारण मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ। श्वास्प्रश्वासमा समस्या देखिएपछि उहाँलाइ बिहीबार अस्पताल पुर्याइएको थियो।
कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताउनुभयाे। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माउनुभएकाे थियाे।
अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएर उहाँलाइ धुलिखेल अस्पताल लगिएको थियो। उहाँकाे थ्रोड स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर गएकी महिलाको कोरोनाकै कराण मृत्यु भएपछि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पनि थप सतर्कता अपनाइएको छ।
यो पनि पढ्नुहोस् : कोरोना संक्रमितको मृत्यु भइहालेमा यसाे गरौँ : मेडिकल काउन्सिल
हेल्थपाटी
तपाईँको अभिमत