सुत्केरीको मृत्यु कोरोनाकै कारण, संक्रमित २८१ पुगे : स्वास्थ्य मन्त्रालय
काठमाडौं । सिन्धुपाल्चोक बाह्विसेकी एक महिलाको कोरोना भाइरसबाट (कोभिड १९) बाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा पहिलो पटक कोरोनाबाट मानिसको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसले सुत्केरी महिलाको मृत्यु भएको हो ।
धुलिखेलमा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि टेकु ल्याइएको थियो । टेकुमा पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयले उक्त महिलाको मृत्युकाे कारण कोरोना भएको पुष्टि गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो ।
वैशाख २९ गते शिक्षण अस्पतालमा सुत्केरी हुनुभएको उहाँ घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा महिलाको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । सुत्केरी महिलाको गत बिहीबारनै निधन भएको थियाे।
यसैबीच नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार नयाँ पुष्टी थप ३ मा भएको हाे ।
हेल्थपाटी
तपाईँको अभिमत