ज्वरो आएर अस्पताल गएकी युवतीमा डेंगी पोजेटिभ

सांकेतिक तस्बिर
अ +
अ -
बागलुङ । ज्वरो आएर उपचारका लागि अस्पताल पुगेकी युवतीमा डेंगीको संक्रमण देखिएको छ। कोेरोना भाइरस संक्रमण त्रासका बेला बाग्लुङ जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षीया युवतीमा डेंगी संक्रमण देखिएको हो।
युवतीलाई ज्वरो आएपछि बैशाख २९ गते बागलुङकै धौलागिरी अस्पताल भर्ना भएकी थिइन् । उनमा डेंगीको लक्षण देखिएपछि परीक्षणका क्रममा डेंगी संक्रमणको पुष्टि भएको धौलागिरी अस्पताल स्रोतले जनाएको छ।
बाग्लुङको छिमेकी जिल्ला म्याग्दीमा डेंगीको प्रकोप देखिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत