दाङका संक्रमित भन्छन्-'भारतबाट सुरक्षित आएका थियौँ, नेपालमै कोरोना सर्यो'

सांकेतिक तस्बिर
दाङ । शुक्रबार कोरोना पुष्टि भएका दाङका दुई जना कपिलवस्तुको कृष्णनगमा रहेको क्वारेन्टाइनमा एकसाता बसेर दाङ पुगेका देखिएको छ। दाङको गढवा गाउँपालिकका -४ का २३ वर्षीय, गढवा ५ का ३६ वर्षीय पुरुषले आफूहरू कृष्णनगर शिवानगरको त्रीदेवी माविको क्वारेन्टायनमा एकसाता बसेर दाङ पुगेको जानकारी दिएका छन् । भारतको गोरखपुर र मुम्बईबाट आएका उनीहरू बैशाख २५ गते कृष्णनगर नाका पुगेका थिए। स्थानीय प्रशासनले उनीहरूलाई नेपाल भित्र्याई क्वारेन्टाइनमा राखेको थियो।
उनीहरू एम्बुलेन्स चढेर बैखाश ३१ गते दाङ गएका थिए। त्यहाँ क्वारेन्टाइनमा पठाएर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। उनीहरूले कृष्णनगरको क्वारेन्टाइनमा आफूहरूलाई अमानवीय तरिकाले राखिएको बताएका छन्।
क्वारेन्टाइनमा सयौंलाई एकै ठाउँ कोचेर राखिएकाले भारतमा नभई नेपाल आएपछि नै आफूहरू संक्रमित भएको दाबी गरेका छन्। भारतबाट साइकल यात्रा गरेर सुरक्षित आएको भएपनि कृष्णनगरको क्वारेन्टाइनमा आफूहरू संक्रमित भएको उनीहरूको दाबी छ।
कृष्णनगरको क्वारेन्टाइनबाट बैखाख ३१ गते गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर ५ जना दाङ गएको जानकारी दिएका छन्। ५ जनामध्ये ४ जना गढवाको क्वारेन्टाइनमा बसेको र एक जना घोराहीको भएकाले उतै गएको उनीहरू बताउँनछन्।
हेल्थपाटी
तपाईँको अभिमत