कोरोना संक्रमणमा भारतले चीनलाई उछिन्यो

कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै भारतका स्वास्थ्यकर्मीहरु।
अ +
अ -
नयाँ दिल्ली । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण संख्यामा भारतले चीनलाई उछिनेको छ । भारतमा संक्रमित संख्या ८५ हजार ७८४ पुगेसँगै चीनभन्दा १ हजार २८९ बढीमा संक्रमण पुष्टि भएको हो । तर मृत्युदर भने चीनभन्दा भारतमा कम छ ।
भारतमा २ हजार ७५३ ले ज्यान गुमाउँदा चीनमा ४ हजार ६३७ को मृत्यु भएको छ । यो संख्या ५.५२ प्रतिशत हो । भारतमा भने मृत्युदर ३.२१ प्रतिशत रहेको छ । गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोभिड–१९ बाट विश्वभर ४५ लाख ३४ हजार ९५२ संक्रमित भइसकेका छन् । त्यस्तै ३ लाख ७ हजार १९ ले ज्यान गुमाएका छन् भने १६ लाख ३३ हजार ३८९ निको भइसकेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत