काठमाडौंमा ३१ लाई आरडीटी रिपाेर्ट पोजेटिभ
काठमाडौं । काठमाडौं महानगरपालिकामा आज गरिएको र्यापिड डायग्नोष्टिक टेस्टमा ३१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज गरिएको (आरडीटि)परीक्षणमा ३१ जनाको पोजेटिभ देखिएको महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पिसिआर परिक्षणका लागि पठाइएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
महानगरले इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सफाई कर्मचारी, चालक र स्वास्थ्य स्वयम सेवकको कोरोना परिक्षण गरेकोे थियो । परीक्षण गरिएको मध्ये ३१ जनामा पोजेटिभ देखिएको छ । जसमा सफाई कर्मचारी र महिला स्वायमसेविकाको संख्या धेरै रहेको छ । शुक्रबार नौ सय ३४ जनाको कोरोना परीक्षण भएको थियो । जसमध्ये आडीटी विधिबाट छ सय ६४ र पिसिआर विधिबाट दुई सय ७० जनाको परीक्षण गरिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत