नीति तथा कार्यक्रममा स्वास्थ्यमा के–के समेटिए ? कुन शीर्षकमा कति (बजेट सहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकको सम्बोधन गर्दै उहाँले कोरोना मुक्त बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । कोरोना विरुद्धको लडाँइमा अग्रपक्तिमा खटिएका सबैको प्रशंसा गर्नुभयो ।
सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक अल्बुमिन, रक्तचाप तथा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रगतमा ग्लुकोज निशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको बताउनुभएको हो ।
उक्त निशुल्क परीक्षण वडातहमा रहेका स्वास्थ्य संस्थाबाट हुनेछ । नेपालमा मिर्गौला, मुटु लगायतका नसर्ने रोग बढ्दै गएपछि सरकारले अल्बुमिन र रगतमा ग्लुकोजको निशुल्क परीक्षण गर्ने व्यवस्था गरेको हो । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा केन्द्रीय स्तरमा तीनसय शैयाको अत्याधुनिक प्रयोगशालासहितको सरूवा रोग अस्पताल निर्माण गर्ने उल्लेख गरिएको छ ।
केन्द्रका तीनसय वेड संगै सात प्रदेशमा कम्तिमा ५० बेडको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा तीनसय र प्रदेशमा ५० बेडको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव अनुसार निती तथा कार्यक्रममा उल्लेख गरिएको हो ।
यसैगरी विमानस्थल, भारत र चीनका नाकाहरुमा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । महामारीजन्य अवस्थाको निगरानी, पहिचान तथा नियन्त्रण गर्न त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र गौतम बुद्ध विमानस्थल भैरहवामा अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको हेल्थ डेस्क संरचना निर्माण गर्न मन्त्रालयले प्रस्ताव अघि बढाएको थियो ।
यस्तै सरकारले सडक दुर्घटना हुने राजमार्गहरुमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने छ । सरकारले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाइ ५ सय शैयाको विशिस्ट्क्रित अस्पतालमा रुपान्तरण गर्ने तथा समग्र प्रतिष्ठानहरुको छाता ऐन ल्याउने भएको छ ।
शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विद्यामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहिद गंगाला राष्ट्रिय ह्दय केन्द्रमा पनि बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने छ ।
आर्थिक वर्ष २०७७ र०७८ को निति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय मार्फत निम्न कार्यक्रम समेटिएका छन ।
१. एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड ।
२. तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने ।
३. ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने ।
४. विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड ।
५. महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने ।
६. संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय शय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने ।
७. विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड ।
८. एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड ।
९. राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड ।
१०. स्वास्थ्य सेवा संगठनको पुनर्संरचना गर्ने १२ लाख ७. खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड ।
११. स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख ।
१२. प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब ।
१३. एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड ।
१४. दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख ।
१५. संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्क गर्न १४ करोड ।
१६. राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड ।
१७. एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब ।
१८. स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न २ करोड ५० लाख ।
हेल्थपाटी
तपाईँको अभिमत