दाङमा २ जनालाई कोरोना पुष्टि, संक्रमित २६०
अ +
अ -
काठमाडौं । दाङमा २ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनालाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरु गढवा निवासी २३ र २६ वर्षका पुरुष हुन् ।
संक्रमित दुबैको नमुना परीक्षण यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको थियो र सोही नमुना पुनः परीक्षणका लागि भेरी अस्पताल ल्याइएको थियो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यो संगै कोरोना संक्रमितको संख्या २६० पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत