कोरोना संक्रमित भागे गोली हान्न पाउने अधिकार
पर्सा : ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि पर्साको जिल्ला संकट व्यवस्थापन केन्द्रले कडा निर्णय गरेको छ। कोरोना संक्रमण पुष्टि भएको तथा अस्पताल भर्ना भएका संकमित भाग्न खोजेमा सुरक्षाकर्मीले गोली हान्न सक्नेसम्मको अधिकार दिइएको छ।
बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। ‘अब उप्रान्त भर्ना भएका संकमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने’ निर्णयको बुँदा नम्बर ३ मा भनिएको छ। ‘यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने।’
नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई कोरोना संकमित बुधबार शौचालय जाने बहानामा शौचालयको भेन्टिलेसनको झ्याल फोरेर भागेपछि यस्तो निर्णय गरेको जनाइएको छ। उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रण लिइसकेको छ।

हेल्थपाटी
तपाईँको अभिमत