डा.रुना झा सहितको टिमलाई एनएचआरसीले सोधेको स्पष्टिकरण पत्रमा के छ ? (पत्र सहित)
काठमाडौं । नेपालका पहिलो कोरोना संक्रमितको जिन परीक्षणको नजिता एक अन्तराष्ट्रिय अनुसन्धानकर्तालाई दिएपछि अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र केही चिकित्सकहरु विवादमा तानिएका छन्। नेपालको कानुन र अन्तराष्ट्रिय मान्यता विपरित संक्रमितमा पाइएको सार्स-कोभ-२ भाइरसको जिनेटिक सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा प्रकाशित गरिएपछि विवादित भएको हो।
१२ मार्चमा प्रकाशित गरिएको उक्त जर्नलमा नेपालका तर्फबाट अनुसन्धानकर्ताको रुपमा राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका प्रमुख डा. बासुदेव पाण्डे, डा. विवेककुमार लाल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बाँस्तोला, डा. हेमन्तचन्दा ओझाको नाम समावेश गरिएको छ। ‘नेपालभित्र वा बाहिर कुनै पनि प्रयोगशालामा नेपालीको शरीरका अंग वा अन्य कुनै विषयका अनुसन्धान गर्नुपर्ने भए नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिनु पर्ने व्यवस्था छ। कसैको स्वीकृतिबिना नै जर्नलमा लेख प्रकाशित गर्कपछि अहिले सो टिमलाई स्पष्टिकरण सोधिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित उहाँको टिममा रहेका अन्य व्यक्तिलाई पनि स्पष्टिकरण सोधिएको हेल्थपाटीलाई बताउनुभयो । उहाँले सम्बन्धित निकायको स्वीकृतिबिना जीन परीक्षण गर्न नपाइने भएकोले स्पष्टिकरण सोधिएको भन्दै स्पष्टिकरण दिनका लागि गर्न केही दिनको समम दिइएको बताउनुभयो। स्पष्टिकरण आइसकेपछि थप छानबिन हुने भन्दै अनुसन्धान परिषदको स्वीकृतिबिना जीन परीक्षण गर्न दिनु गलत प्रक्रिया भएको स्पष्ट पार्नुभयो।
डा.रुना झा सहितको टिमलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोधेको स्पष्टिकरण पत्र यस्तो छ ।
हेनुहोस् के छ पत्रमा:
हेल्थपाटी
तपाईँको अभिमत