कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीको कोरोना परीक्षण, तीनजनाको आरडिटी पोजेटिभ

फाइल तस्विर
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यवसायीहरुको कोरोना परिक्षण गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएको टोलीले आरडीटी र पीसीआर दुबै विधिमार्फत नमुना संकलन गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा उच्च जोखिममा भएका क्षेत्रका १० हजार मानिसहरुको नमुना परीक्षण गर्ने लक्ष्य अनुसार बिहीबार कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको नमुना परीक्षण गरिएको हो ।
परीक्षण गरिएका मध्ये तीन जनाको आरडीटी परीक्षण भने पोजेटिभ आएको छ । महाशाखा प्रमुख डा.वासुदेव पाण्डेले आरडीटी पोजेटिभ आउने तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिनुभयो । अहिले उनीहरुलाई क्वारेनटाइनमा राखिएको छ । उहाँले कालीमाटी बजारका तरकारी व्यवसायीहरुमध्ये ७ सय जनाको आरडीटी र तीन सय ३४ जनाको पीसीआर विधिमार्फन परीक्षण गरिएको बताउनतुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत