शिक्षण अस्पताल महाराजगन्जको ईएनटी न्युरो वार्ड सिल

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज । फाइल फोटो
अ +
अ -
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकालाई कोरोना भाइरस रोगको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी रोग विभागको (ईएनटी) न्युरो वार्ड सिल गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा एक हप्ताअघि भर्ना भएकी ६ बर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।
कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको बालिकालाई कोरोना भाइरस रोगको पुष्टि भएकाे थियो । केही दिनअघि कपिलवस्तुकी ६ वर्षीया बालिका अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार बालिकालाई नाक, कान, घाँटी विभागमा शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत