आरोग्यकी कोरोना संक्रमित कर्मचारीबारे निदान अस्पतालले निकाल्यो विज्ञप्ती
अ +
अ -
काठमाडौं। पुल्चोकस्थित निदान अस्पतालले अस्पताल परिसरमा रहेको आरोग्य फाउन्डेसनकी कर्मचारी सुनसरी घरबाट फर्केपछि फाउण्डेशनमा नआएको प्रष्ट पारेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानले विज्ञप्ती जारी गर्दै फाउन्डेसनको कर्मचारी सोमबार सुनसरीबाट काठमाडौं आएको र त्यसपछि अस्पताल र फाउन्डेसनमा नआएको बताउनुभएको छ ।
उहाँले भक्तपुरदेखि टेकु अस्पतालसम्म पुर्याउने क्रममा फाउन्डेसनको गाडी, ड्राइभर र एक जना कर्मचारी सम्पर्कमा रहेको बताउनुभयो । उहाँले उनीहरुलाई आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । ती कर्मचारीहरुको कोरोना रिपोर्ट नआएसम्मका लागि प्रहरीले निदान अस्पताल र आरोग्य फाउण्डेशनलाई सिल गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत