कोरोना भाइरस रोगको केस अनुसन्धान तथा खोज पड्ताल गर्न टिम बनाइने
जनस्वास्थ्यकर्मी खुशी

काठमाडौं । कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)को शंकास्पद,सम्भावित र पुष्टि भएका व्यक्तिहरुको अनुसन्धान र उनीहरुको कन्ट्याक्टमा आएकाहरुको खोज पड्ताल गर्न हरेक स्थानीय तहमा प्राविधिक जनशक्ति रहेको टिम गठन हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नाइन्टिनका लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन निर्देशिका जारी गरेसंगै सात बटै प्रदेशमा जनस्वास्थ्य अधिकृत (जनस्वास्थ्यमा कम्तिमा स्नातक),पारामेडिक्स तथा ल्याब टेक्निसियन वा ल्याब असिस्टेन्ट गरि तीन जनाको टोलि बनाईने भएको हो ।
स्थानिय तहको स्वरुप अनुसार गाउँपालिकामा १,नगरपालिकामा २,उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ५ वटा टिम बनाइनेछ । गाउँपालिकामा ४६०, नगरपालिकामा ५५२, उपमहानगरपालिकामा ३३ र महानगरपालिकामा ३० गरि १०७५ वटा टिम बनाईने निर्देशिकामा उल्लेख गरिएको छ ।
टिमले गर्ने कार्यहरु :
१.केश अनुसन्धान
२.कन्ट्याक्टमा आएका व्यक्तिहरुको पहिचान
३.सामान्य परामर्श,फलोअप तथा रेफर
४.नमुना संकलन वा दु्रत परीक्षण
५.सुपरिवेक्षण तथा अनुगमन
६.तथ्यांक संकलन,प्रविष्ट,विश्लेषण तथा विश्लेषणात्मक प्रतिवेदन
७.सञ्चार,समन्वय र सहकार्य
८.स्थानिय तहमा सञ्चालित स्वास्थ्य सेवाहरुमा आवश्यक प्राविधिक सहयोग
९.अन्य सरुवा रोगहरुको प्रकोप व्यवस्थापन
महामारीको बेला आफुहरुको महत्व बुझेर अनुसन्धानका लागि सरकारले सहभागि गराएको भन्दै जनस्वास्थ्यकर्मीहरुले खुशी व्यक्त गरेका छन् ।





तपाईँको अभिमत