कपिलवस्तु र नेपालगन्जमा थप दुईमा कोरोना पुष्टि, संक्रमित २१९ पुगे
काठमाडौं । नेपालगन्जका थप एकजनाको कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो आवधिक गरेको विवरणअनुसार बाँके नेपालगन्ज–९ का ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजिटिभ देखिएको हो।
मन्त्रालयका अनुसार काभ्रे धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो। संक्रमित टांगा स्टेशनको रहेको भेरी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बैशाख २८ गते संकलन गरिएका १६२ मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको होे ।परीक्षणका लागि नमुना काठमाडौं ल्याइएको थियो ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५का २२ वर्षका पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरानो संक्रमितको संख्या २१९ पुगेको छ। मंगलबार मात्रै ८३ जनामा कोरानो संक्रमण रहेको पुष्टि भएको थियो ।

हेल्थपाटी
तपाईँको अभिमत