मानसिक रोगीमा कोरोना संक्रमण, घरबाट निकाल्न ३ घण्टा लाग्यो

सांकेतिक तस्बिर
सर्लाही। मंगलबार कोरोना पुष्टि भएका सर्लाहीका एक पुरुष मानसिक रोगी रहेका छन् । हरिपूर्वा नगरपालिका–३ धनकौल कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक रोगी रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
उनकाे २६ गते जनकपुरमा पीसीआर गरिएको थियो । जनकपुरको रिपोर्टपछि घरमै राखिएका उनको काठमाडौमा गरिएको पीसीआर परीक्षणमा पनि मंगलबार पोजिटिभ आएको हो। टेस्ट पोजिटिभ आएपछि राति नै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी धनकौल पुगी उनलाई जनकपुर पठाएको प्रजिअ जिसीले बताउनुभयो ।
संक्रमित व्यक्ति मानसिक रोगी भएकाले घरबाट बाहिर निकाल्न करिब ३ घण्टा लागेको प्रहरीले जनाएको छ। क्याचिङ रडले घरमा तानेर गाडीमा हाली बिहान २ बजे उनलाई प्रादेशिक अस्पताल जनकपुर पठाएको हो। परिवारमा रहेका श्रीमती र ४ छोराछोरीलाई पनि त्यहिँ बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत