काठमाडौं र भक्तपुरमा तीन सहित थपिए २६ कोरोना संक्रमित,संख्या २१७पुग्यो : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन सहित थप २६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ८३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष तथा काठमाडौंकी ३३ वर्षकी महिला सहित विभिन्न स्थानमा गरि २६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यस्तै पर्साका १८,महोत्तरीका २ र धनुषाका २ जना र सर्लाहीका १ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत