पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन गने निर्णय
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एकै दिन ३९ जना संक्रमित भेटिएपछि औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो । पर्सामा मंगलबारमात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय गरिएको हो । बैठकले मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको हाे ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत