आइसोलेसनमा रहेकामध्ये १५८ लाई कोरोना पुष्टि : स्वास्थ्य मन्त्रालय
काठमाडौं,३० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता देशभर आइसोलेसनमा रहेका मध्ये १५८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । जसमा प्रदेश नम्वर १ मा २५ जना आइसोलेसनमा रहेकोमा १९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नम्वर २ मा ८० जना रहेकोमा ६८ जनामा,बाग्मती प्रदेशमा २५ जना आइसोलेसनमा रहेकोमा १ मा र प्रदेश नम्वर ५ मा ९८ जना आइसोलेसनमा रहेकोमा ७० जनामा कोरोना भाइरस रोग पोजेटिभ देखिएको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले २२८ जना आइसोलेसनमा रहेकोमा १५८ जनामा कोरोना पुष्टि भएको बताउदै सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो । शंकास्पद ७० जनाको परीक्षण हुन बाँकी छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज एकै दिन ५७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
जसमा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । हालसम्म संक्रमित मध्ये १५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।
पछिल्लो साता नेपालमा कोरोना भाइरस रोगको संक्रमण बढिरहेको छ । कोरोना नियन्त्रणका लागि ५० दिनदेखि लकडाउन जारी छ र पनि संक्रमण घटेको छैन ।
प्रवक्ता देवकोटाले हालसम्म पिसिआरबाट १८ हजार ९६४ र र्यापिड डायग्नोष्टिक टेस्टबाट ५९ हजार ६२७ जनाको कोरोना परीक्षण भएको जसमा पछिल्लो २४ घण्टामा २ हजार २३६ जनाको परीक्षण भएको जानकारी दिनुभयो ।
बीरगञ्जमा २८,राजबिराजमा १,विराटनगरमा १९,रुपन्देहीमा २८,नेपालगञ्जमा २४,बर्दियामा १ र भरतपुरमा १ गरी १०३ जना सामान्य अवस्थामा उपचाररत हुनुन्छ । आज संक्रमण पुष्टि भएका ५७ जनालाई विभिन्न अस्पतालमा ल्याउने काम भइरहको भन्दै प्रवक्ता देवकोटाले आज क्वारेन्टाइनमा १२ हजार ७८५ रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत