पर्सामा आज थपिएका ३९ कोरोना संक्रमितमा २ जना पत्रकार
वीरगन्ज । मंगलबार कोरोना संक्रमणको पुष्टि भएका पर्साका ३९ जना मध्ये २* जना पत्रकार रहेको खुलेको छ। चार जना पत्रकारमा संक्रमण रहेको भनिए पनि ई जनामा मात्रै कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालल स्रोतले पुष्टि गरेको संक्रमणको आशंकामा पत्रकारहरुले स्वाब परीक्षणका गराएका थिए ।
यसमा २ पत्रकारको कोरोना परीक्षण पोजेटिभ देखिएको स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचनामा कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ कोरोना संक्रमित देखिएको जानकारी दिएको थियो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
(भूल सुधार : *यसअघि यस समाचारमा ४ पत्रकारमा संक्रमण भएको भनी राखिएको सूचनाप्रति क्षमा याचना गर्दछौ - संपादक)
हेल्थपाटी
तपाईँको अभिमत