थप १३ मा कोरोना संक्रमण, संक्रमितको संख्या १३४
एकैदिन २४ जनामा संक्रमण
काठमाडौं,२९ बैशाख । सोमबार एकैदिन २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना संक्रमण देखिएको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तु, यशोधरा गाँउपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष तथा लुम्बिनी संस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष रहेका छन् । त्यसैगरी बर्दिया, राजापुर ५ की ११ वर्षीषा महिलामा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् र अवस्था सामान्य छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमा पुरुषको संख्या १०१ र महिलाको संख्या ३३ रहेको छ । कपिलवस्तु यशोधारा गाउँपालिकामा आज बिहान १० जनामा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा मात्रै संक्रमितको संख्याा २१ पुगेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत