कोरोना संक्रमण बढेपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल
कपिलवस्तु,२९ बैशाख । कोरोना भाइरस रोगको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि कपिलवस्तु जिल्लालाई जेठ ५ राती १२ बजेसम्म सिल गरिने भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गरिएको छ । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २ हजार भन्दा बढी नेपालीबसिरहेका छन् ।
भारतबाटै आएकाहरुमा कोरोना पोजेटिभ देखिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएको थियो । थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरुलाई रोक छैन । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको हो ।
कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत