प्रदेश नम्वर ५ मा सबैभन्दा धेरै संक्रमण,संक्रमित १२१ : स्वास्थ्य मन्त्रालय
२४ घण्टामा २ हजार ७९९ को परीक्षण
काठमाडौं,२९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२१ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्त डा. विकास देवकोटाले आज ११ जनामा कोरोना पोजेटिभ देखिएसंगै जम्मा संक्रमितकोा संख्या १२१ पुगेको जानकारी दिनुभयो । जसमा ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । कोशी अस्पतालमा उपचाररत झापा र भोजपुरका २ जना पुरुष डिस्चार्ज भएसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ ।
कपिलवस्तुमा आज देखिएका संक्रमितहरु १८ देखि ३४ वर्षउमेरका छन् भने सप्तरीका १८ वर्षका युवा छन् । उहाँका अनुसार हालसम्म पिसिआरबाट १७ हजार ८०९ र र्या्पिड् डायग्नोष्टिक टेस्टबाट ५८ हजार ५४६ जनाको परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ७९९ जनाको परीक्षण भएको छ ।
सबैभन्दा धेरै संक्रमित प्रदेश नम्वर ५ मा देखिएको छ । त्यहाँ ४० जना संक्रमित भेटिए । यस्तै प्रदेश नम्वर १ मा ३५,प्रदेश नम्वर २ मा ३१,बाग्मती प्रदेशमा ७,गण्डकी प्रदेशमा २ र सुदुरपश्चिममा ५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
बीरगञ्जमा २८,विराटनगरमा १९,रुपन्देहीमा १६,नेपालगञ्जमा २४ र भरतपुरमा १ गरी ८८ जना सामान्य अवस्थामा उपचाररत हुनुन्छ । प्रवक्ता देवकोटाले आज क्वारेन्टाइनमा १२ हजार ७०१ र १५३ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
जसमा प्रदेश नम्वर १ मा २४,प्रदेश नम्वर २ मा ३९,काठमाडौं उपत्यका १ सहित बाग्मती प्रदेशमा २७,गण्डकी प्रदेशमा १ र प्रदेश नम्वर ५ मा ६३ जना आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत