भारतमा २४ घण्टामा ४ हजार २१३ लाई कोरोना संक्रमण
काठमाडौ,२९ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २१३ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ७६ हजार १५२ पुगेको छ भने संक्रमणका कारण २ हजार २०६ जनाको मृत्यु भएको छ ।
हालसम्म २० हजार ९१६ जना निको भएका छन् भने हाल ४४ हजार २९ जना विभिन्न अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा कोरानाबाट सबैभन्दा बढि प्रभावित महाराष्ट्र भएको छ जहाँ २२ हजार १७१ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने ८३२ जनाको मृत्यु भएको छ ।
त्यसपछि गुजरात,तमिलनाडु र दिल्ली प्रभावित भएका छन् । गुजरातमा ८ हजार १९४ जनामा संक्रमण पुष्टि हुनुका साथै ४९३ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ७ हजार २०४ जना संक्रमित भेटिएका छन् ।
विश्वभर ४० लाख मानिसमा संक्रमण देखिएको छ भने २ लाख ७७ हजार ९२ जनाको मृत्यु कोरोना भाइरस रोगको संक्रमणबाट भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत