प्रा.डा. प्रेमराज ज्ञवाली नियुक्तीमा गोदानको आपत्ति
काठमाडौं, बैशाख, २८ । सरकारले सरकारले शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. प्रेमराज ज्ञवालीलाई गरेको नियुक्तीको सरकारी चिकित्सक संघ नेपाल(गोदान)ले विरोध जनाएको छ। आइतबार गोदानका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै डा.ज्ञवालीलाई नियम विपरित नियुक्ती गरिएको र यसले स्वास्थ सेवाका चिकित्सकहरुको मनोबल गिराउने काम गरेको भन्दै गोदाले आपत्ति जनाएको छ।
‘मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश (२०६८) मा भएको व्यवस्थाअनुसार कार्यकारी निर्देशक नियुक्ती गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनपर्ने हालसम्म सोही अनुसार नै हुँदै पनि आरहेको छ’ विज्ञप्तिमा लेखिएको छ, ‘सो गठन आदेशमा भएको व्यवस्था विपरित नेपाल सरकार स्वास्थ्य सेवा भन्दा बाहिरको व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ती दिइएकोमा सरकारी चिकित्सक संघको आपत्ति छ।’
नियुक्तीले नेपाल सरकार स्वास्थ सेवाका चिकित्सकहरु झन् दुरुत्साहित भएको भन्दै यसबारे संघका सम्पूर्ण सदस्यहरूलाई सजक हुन आग्रह गरिएको छ। नियम विपरित नियुक्तिलाई तत्काल सच्याउन संघले सरकारसमक्ष माग गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत