स्थानीय संक्रमण बढेपछि चीन फेरी लकडाउनमा : कोरोना त्रास
काठमाडौं,२८ बैशाख । कोरोना भाइरस रोगको स्थानीय संक्रमण बढेपछि चीनको उत्तरपूर्वी शहर शुलान लकडाउन गरिएको छ । जिलिन प्रान्तमा पर्ने शुलान उत्तर कोरियाको सीमामा पर्दछ । आतबार त्यहाँ मात्रै ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। शुलानमा पहिलोपटक मे ७ मा संक्रमण देखिएको थियो ।
अधिकारीहरुले शुलान कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण कसरी फैलियो भन्नेबारे अनुसन्धान सुरु गरिने बताएका चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । मे ७ मा ४५ वर्षकी महिलाबाट स्थानीय संक्रमण भएको अधिकारीहरुले जनाएका छन् । ती महिलाले हालका दिनमा कहीँकतै यात्रा गर्नुभएको थिएन । उहाँको श्रीमानबाट तीन दिदीबहिनी र अरु परिवारका सदस्यमा संक्रमण फैलिएको पाइएको छ ।
सार्वजनिक स्थान, खेलकुद क्षेत्र, सिनेमा, पुस्तकालय लगायतका भीड हुने स्थान अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । यसअघि हुबई प्रान्तमा स्थानीय संक्रमण भएको थियो र हुबई संक्रमणको केन्द्रबिन्दु बन्यो र महामारीको रुप लियो ।
आइतबार नै अर्काे २ वटा केस सांघाइमा देखिए जुन आयातीत हुन् भने अर्काे एक केस हुबईको हो । चीनमा कोरोना भाइरस रोगका कारण ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ९ सय १ जनामा संक्रमणको पुष्टि भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत