कपिलवस्तुमा थप १० मा कोरोना,संक्रमितको संख्या १२० : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं,२९ बैशाख । थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु सबै जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। जसमा कपिलवस्तु को यशोधरा गाउँपालिका-५ र बुद्दभुमि नगरपालिका-७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ र एक जना नाम नखुलेका पुरुष हुनुहुन्छ ।
मन्त्रालयको विवरण अनुसार हालसम्म १० संक्रमितकै स्वास्थ्य सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

हेल्थपाटी
तपाईँको अभिमत