दक्षिण कोरिया र चीनमा फेरी बढ्यो कोरोना संक्रमण
काठमाडौं,२८ बैशाख । कोरोना भाइरस रोगको संक्रमण नियन्त्रण भइसेकेका दक्षिण कोरिया र चीनमा फेरि संक्रमण बढ्न थालेको छ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्तमण देखियो जुन एक महिना यताकै उच्च हो । एक महिना यता कोरियामा ३० जनाभन्दा बढीमा संक्रमण देखिएको थिएन भने केही दिनदेखि संक्रमण शुन्यमा थियो । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार २६ जनामा स्थानिय र ८ जनामा आयातित संक्रमण भएको छ । धेरैजसो संक्रमण सियोलको रात्रीक्लब र बारहरुमा देखिएको कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरियामा हालसम्म कोरोना संक्रमणका कारण २५६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार ८ सय ७४ पुगेको छ । यसैगरी चीनमा पनि संक्रमित दोहोरो अंकमा पाइएको छ । पछिल्लो १० दिनअघि सम्म चीनमा कोरोना पोजेटिभको अवस्था एकोहोरो अंकमा रहेको थियो । त्यहाँ १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ जसमा १२ वटा स्थानिय र २ वटा आयातित केस रहेका छन् । ११ जना संक्रमित उत्तरी प्रान्त जीलिन र एक जना हुबई प्रान्तका रहेका छन् । जीलिन उत्तर कोरियाको सिमामा पर्दछ ।
अर्काे २ वटा केस सांर्घाका छन् जुन आयातित हुन् । चीनमा कोरोना भाइरस रोगका कारण ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ९ सय १ जनामा संक्रमणको पुष्टि भएको छ । ७९४ जनामा एसिप्टोमेटिक कोरोनाका बिरामी रहेका छन् । एसिप्टोमेटिक भनेको बिना लक्षण भाइरसको संक्रमण हुनु हो ।
चीन र दक्षिण कोरिया दुबै देशमा कोरोना संक्रमण न्यून स्तरमा देखिएपछि लकडाउन खोलिएको थियो । एजेन्सी ।
हेल्थपाटी 
तपाईँको अभिमत