उपत्यकामा आजबाट कुन समयमा,क–कसले विना पास सवारी चलाउन पाउँछन्
काठमाडौं,२८ वैशाख । काठमाडौ उपत्यकामा सवारी साधन चलाउन टाइमकार्डको व्यवस्था भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र चारै सुरक्षा प्रमुखहरुको बैठकले निम्न अनुसार सवारी साधनलाई टाइमकार्डको व्यवस्था गरिएको छ । टाफिक प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक जिवनकुमार श्रेष्ठले निजामति कर्मचारी, बैंकका कर्मचारी,टक टिपर लगायतका सवारी साधनलाई टाइमकार्ड अनुसार सञ्चालन गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न आजबाट काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू गरिएको बताउनुभयो । आइतबारदेखि सरकारले सर्तसहित छुट दिएका विभिन्न क्षेत्रका उद्योग खोल्नका लागि यस्तो निर्णय भएको हो ।
१, निर्माण सामग्री बोक्ने मालवाहक ट्रक र ट्रीपरलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइनेछ ।
२, सरकारले तोकेका निश्चित सरकारी कार्यालयका कर्मचारीका लागि बिहान ९ः३० देखि १०ः३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म सवारीसाधन चलाउन पाउनेछन् ।
३, बैंक तथा वित्तिय संस्थाका अन्र्तगतका कर्मचारीका सवारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ३ः३० देखि ५ बजेसम्म चल्न दिइनेछ।
४, सञ्चारमाध्याम , औषधि तथा खानेपानीका सवारी साधनलाई कुनै पनि टाइम तोकेको छैन । उनीहरुले दिनभर सवारीसाधन चलाउन पाउनेछन् ।
५, अत्यावश्यक खाद्यान्नका सामाग्री बोक्ने साधन बिहान ४ बजेदेखी १० बजेसम्म चल्न पाउने छन् ।
टाफिक प्रवक्ता श्रेष्ठले निश्चित तोकेको समय भन्दा ढिलो वा चाडो सवारी चलाएको खण्डमा बिहान नियन्त्रण लिए दिनभर र बेलुका नियन्त्रण लिए बिहानसम्म होल्ड गरिने जानकारी दिनुभयो ।
उहाँले सवारी पास बोकेर अनाधिकृत चलाएको पाइएकोले यसलाई थप निगरानी गरि कडा कारबाही गरिने निर्णय भएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत